PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

बुढीगंगामा आज स्थानीय जनप्रतिनिधि चुन्न निर्वाचन सुरु



पहिलोपोस्ट

बुढीगंगामा आज स्थानीय जनप्रतिनिधि चुन्न निर्वाचन सुरु

काठमाडौं : बाजुराको बुढीगंगा नगरपालिकामा आज स्थानीय सरकार चुन्न मतदान भइरहेको छ। कडा सुरक्षा व्यवस्थाबिच बिहान ७ बजेबाट मतदान सुरु भएको हो।

गत बैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरिएको थियो। निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबिच धाँधली भएको भन्दै विवाद हुँदा झडप भएको थियो। दुवै पार्टीले एकअर्कालाई बुथ कब्जा गरि मतदानमा धाँधली गरेको आरोप लगाएका थिए। त्

बूढीगंगाको प्रमुखमा नेपाली कांग्रेसबाट रंग खाती र नेकपा एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन्। १० वटा मतदानस्थल र ११ वठा मतदान केन्द्रमा मतदानको व्यवस्था मिलाइएको छ। मतदान केन्द्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell