PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

कर्नाटकमा दुई समुदायबिच झडप, बजारमा आगजनी



पहिलोपोस्ट

कर्नाटकमा दुई समुदायबिच झडप, बजारमा आगजनी

भारतको कर्नाटकस्थित केरुरमा दुई समुदायबिच झडप हुँदा तीनजना घाइते भएका छन्। बुधवार साँझ दुई समूहबिच हिंसात्मक झडप भएको थियो। झडपपछि आक्रोशित युवाहरुले शहरमा तोडफोड र आगजनी गरेका थिए। त्यसपछि प्रशासनले त्यहाँ ‘सेक्सन १४४’ लागू गरेको हो।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा १० जनालाई पक्राउ गरेको छ। उनीहरुसँग सोधपुछ भइरहेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell