PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

आर्थिक संकटसँग जुधिरहेको श्रीलंकाका राष्ट्रपतिले रसियाका राष्ट्रपति पुटिनलाई भने : इन्धन आयातमा सहयोग गर्नुस्



पहिलोपोस्ट

आर्थिक संकटसँग जुधिरहेको श्रीलंकाका राष्ट्रपतिले रसियाका राष्ट्रपति पुटिनलाई भने : इन्धन आयातमा सहयोग गर्नुस्

श्रीलंकाका राष्ट्रपति गोताबाय राजपाक्षे रसियाका राष्ट्रपति भ्लादमिर पुटिनलाई इन्धन आयातमा सहयोग गर्न आग्रह गरेका छन्। सन् १९४८ मा बेलायतमा स्वतन्त्र भएयताकै खराब आर्थिक स्थितिसँग जुधिरहेको श्रीलंकाले रसियासँग सहयोग मागेको हो।

राजपाक्षले पुटिनसँगको कुराकानी निकै फलदायी भएको प्रतिक्रिया दिएका छन्।

केहीदिन अघि श्रीलंकाका उर्जा मन्त्रीले पेट्रोल संचय निकै कम भएको बताएका थिए। बुधवार सयौं मानिसले कोलोम्बोमा सरकारविरुद्ध प्रदर्शन समेत गरेका थिए। यसबिच राजपाक्षले पुटिनसँग सहयोग मागेका हुन्।

उनले इन्धनसँगै कोलम्बो र मस्कोबिच सिधा हवाइ उडान फेरि सुरु गर्न पनि पुटिन समक्ष आग्रह गरेका छन्। गत महिना श्रीलंकाको एक अदालतले रसियाको विमानलाई नियन्त्रणमा राख्न आदेश दिएपछि सिधा हवाइ उडान बन्द भएको थियो।

विदेशी मुद्रा संचिती घट्दै जाँदा चरम आर्थिक संकटसँग श्रीलंका अहिले जुधिरहेको छ। राजपाक्षेको विरोध गर्दै दिनहुँ कोलोम्बो लगायत शहरमा प्रदर्शन भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell