PahiloPost

Jun 17, 2024 | ४ असार २०८१

दुई महिनापछि घट्यो कच्चा तेलको मूल्य, अन्तर्राष्ट्रिय बजारमा प्रति ब्यारेल १०० डलरभन्दा कम



पहिलोपोस्ट

दुई महिनापछि घट्यो कच्चा तेलको मूल्य, अन्तर्राष्ट्रिय बजारमा प्रति ब्यारेल १०० डलरभन्दा कम
Photo : REUTERS

काठमाडौं : दुई महिनापछि पहिलो पटक कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा तल झरेको छ। यसअघि अप्रिलमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १४० डलरसम्मको उचाइमा पुगेको थियो।

मे महिनापछि कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा तल झरेको यो पहिलो पटक हो। तर ब्रेन्ट कच्चा तेल भने अप्रिल २५ देखि १०० डलरभन्दा कम भएको छैन। वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको मूल्य मंगलबार १० प्रतिशत जति खस्किएको थियो। जुन प्रति ब्यारेल ९९.५० डलरको न्यून बिन्दु हो।

हालैका हप्ताहरूमा विश्व बजारमा मन्दीको बढ्दो डर पैदा भइरहेको छ। यसले इन्धन खपत कम हुन थालेको महसुस गरिएको छ। जसले तेलको मूल्यलाई तीव्र रूपमा कम गर्न सहयोग गरेको बताइन्छ। जुन ८ मा ब्रेन्ट कच्चा तेल प्रति ब्यारेल १२३ डलरमा थियो। सबै भन्दा उच्च प्रति ब्यारेल १४० डलरसम्म पुगेको थियो।

युक्रेनमा रसियाको आक्रमणले अमेरिका र यसका युरोपेली सहयोगीहरूलाई रसियाको ऊर्जा निर्यातमा प्रतिबन्ध लगाउन प्रेरित गरेपछि यस वर्षको सुरुमा तेल र ग्यासको मूल्य बढेको थियो।

तेल अहिले प्रति ब्यारेल करिब १०० डलरमा वरिपरी घुमिरहेको छ। केही विश्लेषकहरूले गरेका प्रक्षेपण अनुसार यदि अर्थव्यवस्था मन्दीमा पर्‍यो भने २०२२ को अन्त्यमा कच्चा तेलको मूल्य प्रति ब्यारेल लगभग ६० डलर मा झर्नेछ। यस्तै २०२३ सम्ममा प्रति ब्यारेल ४५ डलरसम्म हुने प्रक्षेपण पनि गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell