PahiloPost

Jun 24, 2025 | १० असार २०८२

भीमफेदीमा बसाइँ सरेर जानेको संख्या तेब्बर बढी



पहिलोपोस्ट

भीमफेदीमा बसाइँ सरेर जानेको संख्या तेब्बर बढी

काठमाडौं : मकवानपुरको भीमफेदी गाउँपालिकामा बसाइँसरी आउनेभन्दा पालिकाबाट बसाइँसरेर जानेको संख्या तीनगुणा बढी छ।

आर्थिक वर्ष २०७८-७९ को तथ्यांकअनुसार गाउँपालिकामा बसाइँसरी आउने परिवार संख्या २९ रहेको छ भने गाउँपालिकाबाट बाहिरिनेको संख्या ९२ रहेको छ। यसरी पालिकाबाट चालु आर्थिक वर्षमा २९ परिवारका १४४  भित्रिँदा ९२ परिवारका ३५० नागरिक बाहिरिएका छन्। गाउँपालिकाको ग्रामीण भेगबाट बसाइँसरी जानेको संख्या अत्याधिक रहेको गाउँपालिकाका सूचना अधिकारी बद्री सापकोटाले जानकारी दिए। पालिका केन्द्रमा वर्षभरिमा पालिका बाहिरबाट २९ परिवार आए पनि गाउँपालिकाबाट ९२ परिवार बाहिरिएका छन्। पालिकाभित्रै पनि ग्रामीण क्षेत्रबाट पालिका केन्द्र र आसपास बसाइँ सर्ने क्रम अत्यधिक रहेको उनले बताए।

भीमफेदी गाउँपालिकाले उपलब्ध गराएको विवरणअनुसार गाउँपालिकामा चालु आर्थिक वर्षमा विभिन्न प्रकारका एक हजार ३७७ घटना दर्ता भएका छन्। उपलब्ध विवरणअनुसार पालिकामा ३११ बालकको र ३४४ बालिकाको जन्मदर्ता भएको छ। त्यस्तै, १२२ पुरुषको र ८७ महिलाको मृत्यु दर्ता भएको पालिकाले जनाएको छ। पालिकामा चालु आर्थिक वर्षमा ३६५ विवाह दर्ता गरिएकामा २७ सम्बन्धविच्छेदका घटना दर्ता भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell