PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

‘परस्त्री’ को प्रदर्शन मिति सर्‍यो, 'के घर के डेरा’ तिहारमा रिलिज हुने



पहिलोपोस्ट

‘परस्त्री’ को प्रदर्शन मिति सर्‍यो, 'के घर के डेरा’ तिहारमा रिलिज हुने

काठमाडौं : दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’को प्रदर्शन मिति तय भएको छ। गत हप्ता छायांकन सकिएको यो फिल्म कात्तिक ६ गते रिलिज हुने पक्का भएको हो।

निर्देशक खनालले निर्मात्री शर्मिला पाण्डेसँग मिलेर निर्माण गरेको फिल्म ‘परस्त्री’ को प्रदर्शन मितिलाई लाई सार्दै ‘के घर के डेरा’लाई तिहारमा प्रदर्शन गर्न लागेका हुन्। घोषणाको समयमा ‘परस्त्री’को प्रदर्शन मिति कात्तिक ६ गतेलाई तय गरिएको थियो। तर अब यो फिल्मलाई फागुन १९ रिलिज गर्न लागिएको हो।

दीपेन्द्रको फिल्मका लागि ‘परस्त्री’को रिलिज डेट सारेको निर्माता पाण्डेले जानकारी दिइन्। ‘परस्त्री’लाई उनका छोरा सुरज पाण्डेले निर्देशन गरेका हुन्।

‘मैले घोषणाकै समयमा परस्त्रीको रिलिज डेट घोषणा गरेको थिएँ। तर, नेपाली र हिन्दी भाषामा निर्माण भइरहेकाले निर्धारित मितिमा प्रदर्शन गर्न नसकिने भएपछि जेठो छोरा दीपेन्द्र के खनालको फिल्मका लागि प्रदर्शन मिति छाडेको हुँ’ उनले भनिन्।

‘के घर के डेरा’ मा फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell