PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक प्रज्ञा प्रतिष्ठानमा, पदाधिकारी छान्न गृहकार्य



पहिलोपोस्ट

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक प्रज्ञा प्रतिष्ठानमा, पदाधिकारी छान्न गृहकार्य

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। राजधानीको प्रज्ञा प्रतिष्ठानमा बैठक सुरु भएको मा‌ओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ दाहालले जानकारी दिए। आइतवार सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सोमवार सहभागीहरुले धारणा राखेका राखेका थिए। मंगलवार र बुधवार बैठक बस्न सकेन। 

मा‌ओवादीले पदाधिकारी,स्थायी कमिटी र पोलिटब्यूरो पूर्णता दिने तयारी गरेको छ। केन्द्रीय कार्यालयको बैठकले पदाधिकारी चयनको जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो। अर्थमन्त्री जनार्दन शर्माको राजीनमा र संसदीय छानविन समिति बन्ने भएकाले बुधवार माओ‌वादीले बैठक स्थगित गरेको थियो।

पदाधिकारीका लागि विभिन्न नेतारुको नामा चर्चामा आएको छ। शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि उनी महासचिव हुनसक्ने माओवादी नेताहरु बताउँछन्। अर्का नेता वर्षमान पुनलाई पनि महासचिवका लागि बलियो दाबेदारका रुपमा लिइएको छ। उनीहरुबिच एकले अर्कोलाई अस्वीकार गर्ने स्थितिमा अर्को तेस्रो नेतालाई महासचिव घोषणा गर्न सक्ने सम्भावना पनि छ।

हरिबोल गजुरेल,शक्ति बस्नेत, देव गरुङ र पम्फा भुसालको नाम पनि चर्चामा छ। आजको बैठकमा पदाधिकारी चयनका लागि गृहकार्य भइरहेको माओवादी केन्द्रका नेता गजुरेलले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell