PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

बारामा पेस्तोलसहित दुईजना पक्राउ



पहिलोपोस्ट

बारामा पेस्तोलसहित दुईजना पक्राउ

वीरगंज : बारा प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका-१ बस्ने २९ वर्षीय अनिल मुखिया र २५ वर्षीय गुड्डु मुखिया रहेका छन्। बुधवार बेलुका साढे ६ बजे सिम्रौनगढ-१ स्थित एक पोखरी नजिकबाट उनीहरुलाई पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता डिएसपी राजेश दत्तले जानकारी दिए।

पोखरीको डिलमा उनीहरुले सर्वसधारणलाई पेस्तोल देखाई धम्की दिइरहेको सूचना आएपछि इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराका प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा गएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। त्यसक्रममा गुड्डु मुखियाको साथबाट कटुवा पेस्तोल फेला परेको बारा प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell