PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

तिग्मांशु धुलियाले लेख्दैछन् सलमान खानको फिल्म ‘दबंग ४’को स्क्रिप्ट, डिसेम्बरबाट सुरु हुनेछ सुटिङ



पहिलोपोस्ट

तिग्मांशु धुलियाले लेख्दैछन् सलमान खानको फिल्म ‘दबंग ४’को स्क्रिप्ट, डिसेम्बरबाट सुरु हुनेछ सुटिङ

सलमान खानको बलिउड फिल्म ‘दबंग’को चौथो सिरिज निर्माणको तयारी सुरु भएको छ। हाल यस फिल्मको स्क्रिप्ट लेख्ने कार्य भइरहेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।

तिग्मांशु धुलियाले फिल्मको स्क्रिप्ट लेख्दैछन्। साथै, यस फिल्ममा धुलियाको नै निर्देशन रहनेछ। तिग्मांशुलाई यस प्रोजेक्टमा ल्याउने पहल सलमान खानले नै गरेका थिए।

सलमानका अनुसार फ्रेन्चाइजीका लागि तिग्मांशु सबैभन्दा आइडल व्यक्ति हुन्, जो ‘चुलबुल पाण्डे’ को कथामा थ्रिल र रोमाञ्चकता ल्याउन सक्छन्।यस फिल्मको छायाङ्कन सन् २०२२ को डिसेम्बरमा सुरु हुनेछ।

तिग्मांशु धुलियाले फिल्म ‘हासिल’बाट आफ्नो करियर सुरु गरेका थिए। उनले ‘साहब बीवी और ग्याङ्स्टर’, ‘पान सिंह तोमर’, ‘साहब बीवी और ग्याङ्स्टर रिटर्न्स’, ‘बुलेट राजा’ र ‘यारा’ जस्ता फिल्महरू निर्देशन गरिसकेका छन्।

हाल सलमान खान ‘कभी ईद कभी दिवाली’ को सुटिङमा व्यस्त छन्। उनी टाइगर सिरिजको तेस्रो फिल्म ‘टाइगर-३’ मा पनि काम गरिरहेका छन्। यससँगै उनी आमिर खानको ‘लाल सिंह चड्ढा’ र शाहरुख खानको ‘पठान’ मा पनि क्यामियो रोलमा देखिनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell