PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

सवारी साधनमा लेखिएको सायरी र गजल हटाउँदै ट्राफिक प्रहरी



पहिलोपोस्ट

सवारी साधनमा लेखिएको सायरी र गजल हटाउँदै ट्राफिक प्रहरी

काठमाडौं : उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले सवारी साधनमा लेखिएको अश्लील, अपाच्य, गाली, कानुन विपरीत तथा समाजमा विकृति ल्याउने खालका सायरी, कविता, गजल तथा विभिन्न भनाइहरूलाई हटाउन थालेको छ।

सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरूले चालकको ध्यान अन्यत्र मोडिने भएकाले दुर्घटना निम्त्याएपछि हटाउन थालिएको प्रहरीले जानकारी दिएको छ।

नेपालको कानुन विपरीत महिला, बालबालिका, सीमान्तकृत समुदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख रचना कविता सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचारप्रसार गर्न वा लेख्न नपाइने भएकोले हटाएको प्रहरीले जानकारी दिएको छ।

त्यसैगरी, सवारीको सिसामा स्टिकर वा अन्य कुनै प्रचार सामग्री नटाँस्न पनि ट्राफिक प्रहरीले चालकहरूलाई सुसूचित गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell