PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

आजबाट गुड्यो साझाको विद्युतीय बस, सबै गाडीमा महिला चालक र सह-चालक

आजबाट गुड्यो साझाको विद्युतीय बस, सबै गाडीमा महिला चालक र सह-चालक

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : साझा यातायातले आजबाट तीनवटा विद्युतीय बस संचालनमा ल्याएको छ। ललितपुरको पुल्चोकबाट आज विद्युतीय बसको शुभारम्भ गरिएको हो।

आजबाट संचालनमा आएको दुईवटा बसहरु नयाँ बसपार्क/ बालाजु- ठमेल- रत्नपार्क-सिंहदरबार- बानेश्वर- मीनभवन हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म संचालन हुनेछन्। यस्तै, एउटा बस भने लगनखेल- लैनचौन- बाँसबासी हुँदै बूढानीलकण्ठसम्म संचालन हुनेछ। सबै बसमा महिला चालक र सहचालकको व्यवस्था गरिएको छ। यही वर्ष थप ३७ थान विद्युतीय बस ल्याउने तयारी भइरहेको साझाले जनाएको छ।

विद्युतीय बस संचालनमा ल्याएपछि ठूलो क्षेत्रफलको चार्जिङ स्टेशन आवश्यक पर्ने भएकोले सरकारसँग अनुरोध गरेको साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले जानकारी दिए। उनले बिजुली बस संचालनका लागि सरकारले सहुलियत ऋण उपलब्ध गराउनुपर्ने पनि बताएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell