PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

राष्ट्रियसभामा पेस भयो दुईवटा विधेयक



पहिलोपोस्ट

राष्ट्रियसभामा पेस भयो दुईवटा विधेयक

काठमाडौं : राष्ट्रियसभामा दुईवटा विधेयक पेस गरिएको छ। आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट पारित भएका मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक-२०७६ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक-२०७९ पेस गरेका हुन्।

यस्तै, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाएका थिए। यही असार २० गते प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् हेरफेर गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell