PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

बोरिस जोन्सनले 'टोरी लिडर' बाट राजीनामा दिने



पहिलोपोस्ट

बोरिस जोन्सनले 'टोरी लिडर' बाट राजीनामा दिने
Photo

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कन्जर्भेटिभ नेताको पदबाट राजीनामा दिने भएका छन्। आफू निकट एक नेताको ‘यौन दुर्व्यवहार’ सम्बन्धी घटना थाहा पाउँदा पनि उनलाई नियुक्त गरेको खुलेपछि बोरिसको आलोचना भएको थियो।

बोरिससँग विद्रोह गर्दै ४० मन्त्रीले राजीनामा दिएका थिए। जसकारण उनलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन दबाब बढ्दै थियो।

पढ्नुस् : त्यो 'सेक्स स्क्याण्डल' जसले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनमाथि बढ्दैछ राजीनामा दिनुपर्ने दबाब

कन्जर्भेटिभ नेताका रुपमा राजीनामा दिए पनि उनी सेप्टेम्बरसम्म प्रधानमन्त्री रहिरहनेछन्। त्यसपछि नयाँ ‘टोरी लिडर’ का लागि निर्वाचन हुनेछ। अक्टोबरमा बेलायतले नयाँ प्रधानमन्त्री पाउने बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell