PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

माओवादीमा गठन भयो १२५ जनाको पोलिटब्युरो, प्रचण्डले वाचन गरे नाम



पहिलोपोस्ट

माओवादीमा गठन भयो १२५ जनाको पोलिटब्युरो, प्रचण्डले वाचन गरे नाम

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले १२५ जनाको पोलिटब्युरो गठन गरेको छ। आज बसेको केन्द्रीय कमिटिको बैठमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पोलिटब्युरो सदस्यहरुको नाम घोषणा गरेका हुन्।

प्रचण्डले घोषणा गरेको पोलिटब्युरोमा ओम शर्मा, बसन्त घर्ती, राजन दाहाल, विमला सुवेदी, निर्मल बराल, कृष्ण केसी, श्याम श्रेष्ठ, खिमलाल देवकोटालगायत रहेका छन्। पोलिटब्युरोलाई हलले ताली बजाएर पारित गरेको छ। सोही क्रममा केही नेताले भने नाममा असन्तुष्टि जनाएका छन्।

यसअघि, बैठकमा उठेका प्रश्नको प्रचण्डले जवाफ दिएका थिए। ‍साथै, प्रचण्डले बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पास भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell