PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

पोलिटब्युरोमा प्रस्तावित सूचि प्रति माओवादी केन्द्रभित्र असन्तुष्टि, एक घण्टा बैठक रोकेर समाधान खोज्दै प्रचण्ड



पहिलोपोस्ट

पोलिटब्युरोमा प्रस्तावित सूचि प्रति माओवादी केन्द्रभित्र असन्तुष्टि, एक घण्टा बैठक रोकेर समाधान खोज्दै प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले १२५ जनाको पोलिटब्युरो गठन गरेको छ। आज बसेको केन्द्रीय कमिटिको बैठमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोलिटब्युरो सदस्यहरुको नाम घोषणा गरेका हुन्।

सो पोलिटब्युरोलाई हलले ताली बजाएर पारित गरेपनि केही नेताले भने नाममा असन्तुष्टि जनाएका छन्।

‘मापदण्ड के हो यो नाम चयन भएको? यसमा के आधारमा बनाइएको हो। कहिलेसम्म अबमूल्यन सहने,’ एक जना केन्द्रीय सदस्यले प्रश्न गरे।

नाममा असन्तुष्टि आएपछि प्रचण्डले एक घण्टाका लागि बैठक स्थगित गरेका छन्। बैठक रोकेर विवाद समाधानको प्रयास गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell