काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले १२५ जनाको पोलिटब्युरो गठन गरेको छ। आज बसेको केन्द्रीय कमिटिको बैठमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोलिटब्युरो सदस्यहरुको नाम घोषणा गरेका हुन्।
सो पोलिटब्युरोलाई हलले ताली बजाएर पारित गरेपनि केही नेताले भने नाममा असन्तुष्टि जनाएका छन्।
‘मापदण्ड के हो यो नाम चयन भएको? यसमा के आधारमा बनाइएको हो। कहिलेसम्म अबमूल्यन सहने,’ एक जना केन्द्रीय सदस्यले प्रश्न गरे।
नाममा असन्तुष्टि आएपछि प्रचण्डले एक घण्टाका लागि बैठक स्थगित गरेका छन्। बैठक रोकेर विवाद समाधानको प्रयास गरिएको छ।