
काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक काठमाडौंमा जारी छ। जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पोलिटब्युरो गठनको प्रस्ताव पेश गरेका छन्। १२५ सदस्यीय पोलिटब्युरो सदस्यको नामावली प्रचण्डले वाचन गरेपछि हलबाट केहीले तालीले अनुमोदन गरे। केहीले असन्तुष्टि जनाएका छन्।
प्रचण्डले पेश गरेको नाममा केही महत्वपूर्ण नेताको नाम छुटाएपछि पुन: वाचन गरेका थिए। फेरी पनि वाचन गर्दा केही नेताको नाम परेन। त्यसपछि प्रचण्डले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन्।
प्रचण्डले वाचन गरेको नाममा प्रचण्डसहित प्रचण्डकी छोरी भरतपुर महानगरकी मेयर रेनु दाहाल, बुहारी बिना मगरपनि परेका छन्। त्यस्तै, सो लिस्टमा केही श्रीमान श्रीमतीको नाम पनि अटेको छ। वर्षमान पुन र ओनसरी घर्ती, देवेन्द्र पौडेल र बलावती शर्मा, देवेन्द्र पराजुली र कल्पना धमलासमेतको जोडी पोलिटव्युरोमा परेको छ।
त्यस्तै, देव गुरुङ र यशोधा सुवेदी, लिलामणि पोखरेल र शशी श्रेष्ठ, शक्ति बस्नेत र सत्या पहाडी, हितमान शाक्य र अमृता थापा मगर, गणेशमान पुन र कमला रोका तथा कृष्णध्वज खड्का र रेखा शर्मा पनि माओवादी केन्द्रको पोलिटव्युरोमा अटाउने जोडी हुन्।
यी हुन पोलिटव्युरोका लागि प्रस्तावित केन्द्रीय सदस्यहरु
- पुष्पकमल दाहाल (प्रचण्ड)
- नारायणकाजी श्रेष्ठ
- कृष्णबहादुर महरा
- देव गुरुङ
- गिरिराजमणि पोखरेल
- वर्षमान पुन
- हरिबोल गजुरेल
- शक्ति बस्नेत
- जनार्दन शर्मा
- चक्रपाणि खनाल
- पम्फा भुसाल
- हितमान शाक्य
- कुलप्रसाद केसी
- मातृका यादव
- जयपुरी घर्ती
- लीलामणि पोखरेल
- दिनानाथ शर्मा
- हितराज पाण्डे
- विश्वनाथ साह
- डिलाराम आचार्य
- सन्तबहादुर दराई 'परवाना'
- गणेशमान पुन
- हितबहादुर तामाङ
- जगप्रसाद शर्मा 'अपार'
- कालीबहादुर मल्ल
- कमला रोका
- झक्कुप्रसाद सुवेदी
- हरिप्रसाद अधिकारी
- सुरेश राई
- शशी श्रेष्ठ
- प्रह्लाद बुढाथोकी
- रेखा शर्मा
- पूर्णाकुमारी सुवेदी
- गंगा कार्की
- जोखबहादुर महरा
- पुष्पविक्रम मल्ल
- खगराज भट्ट
- टेकबहादुर बस्नेत
- महेश्वर जंग गहतराज
- अञ्जना विशंखे
- राजु खड्का
- कृष्णध्वज खड्का
- भरत प्रसाद साह
- शिवकुमार मण्डल
- जोखकुमार बर्बरिया श्रवण
- राजकुमार यादव
- मायाप्रसाद शर्मा
- सुरेश आले मगर
- यशोदा सुवेदी
- अमृता थापा
- सूर्य सुवेदी
- सावित्री कुमार काफ्ले
- महेश्वर दाहाल
- दिलीप प्रजापति
- इन्द्र आङ्बो
- लक्ष्मण पन्त
- हरि चुमान
- लेखनाथ न्यौपाने
- गोपाल ठाकुर
- जगत यादव
- रामेश्वर राय
- परशुराम तामाङ
- देवेन्द्र पौडेल
- गणेश साह
- सुनील मानन्धर
- देवेन्द्र पराजुली
- कल्पना धमला
- सीता पोख्रेल
- अजम्बर राई काङबाङ
- पदम राई
- ओनसरी घर्ती
- महेन्द्र पासवन
- वामदेव क्षेत्री
- बलावती शर्मा
- जीतबहादुर योञ्जन
- प्रकाशहरि पोखरेल
- दीपेन्द्र पुन
- सत्या पहाडी
- अच्युतम काफ्ले
- सन्तुकमार चौधरी
- नेपबहादुर चौधरी
- दुर्गाजयन्ती राई
- कपिल लामा
- रेनु दाहाल
- देवराज रेग्मी
- केशव नेपाल
- बीना मगर
- रमेश मल्ल
- युवराज चौलागाई
- युवराज दुलाल
- हेमराज शर्मा डायमण्ड
- निर्मल आचार्य
- रामप्रसाद सापकोटा ‘दीपशीखा’
- माधव सापकोटा 'युवराज समीर'
- अजय शंकर नायक
- अमरबहादुर गुरुङ तमु
- सुशीला सिम्खडा
- सिजन शर्मा
- बालकृष्ण गैरे
- कुमारी मोक्तान
- रुपा चौधरी
- रामकुमार शर्मा
- धर्मशीला चापागाई
- चूडामणि खड्का
- हरि दाहाल
- सुशीला श्रीपाईली
- ओम शर्मा
- लोकेन्द्र लम्साल
- रामदीप आचार्य
- बसन्त घर्ती
- राजन दाहाल
- टीका बुढाथोकी
- शालिकराम जमकट्टेल
- विमला सुवेदी
- गोपाल शर्मा
- निर्मल बराल
- कृष्ण केसी
- हिमाल शर्मा
- रेनु चन्द
- श्याम श्रेष्ठ
- खिमलाल देवकोटा
- महेन्द्र बहादुर शाही
- त्रिलोचन भट्ट
- नारायणी शर्मा
- राजकुमार आर्ट
- कुमार पौडेल
- डोरप्रसाद उपाध्याय