PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

पोलिटब्युरो टुंग्याएका प्रचण्डले पदाधिकारी छान्न मागे थप समय, स्थायी कमिटीमा ४१ मध्ये १५ जनाको नाम टुंगियो



पहिलोपोस्ट

पोलिटब्युरो टुंग्याएका प्रचण्डले पदाधिकारी छान्न मागे थप समय, स्थायी कमिटीमा ४१ मध्ये १५ जनाको नाम टुंगियो

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले पोलिटब्युरो टुंग्याए पनि पदाधिकारी भने आज पनि टुंग्याउन सकेन। बैठकले १२५ जना पूर्ण र ३१ जना वैकल्पिक गरी १५६ जनालाई पोलिटब्युरो सदस्य बनाएको छ।

आज बसेको केन्द्रीय कमिटिको बैठमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोलिटब्युरो सदस्यहरुको नाम घोषणा गरेका हुन्। त्यस्तै, उनले ४१ मध्ये १५ जना स्थायी कमिटीका सदस्यको नाम पनि टुंग्याएका छन्।

यसअघि, सो पोलिटब्युरोलाई हलले ताली बजाएर पारित गरेपनि केही नेताले भने नाममा असन्तुष्टि जनाए। असन्तुष्टि सम्बोधन गर्न प्रचण्डले एक घण्टा बैठक स्थगित गरेका थिए।

एक घण्टापछि सुरु भएको बैठकमा प्रचण्डले पूर्ण र वैकल्पिक सदस्यको प्रस्तावसहित पोलिटब्युरो पारित गराए। उनले राम्रो काम गरेका नेताहरुको नाम डायरीमा टिप्दा हतार भएको भन्दै केही वरिष्ठ नेताहरुको नाम छुट्न गएको स्वीकार गरे।

‘समस्या बल्झाउनेतिर होइन सकाउनेतिर लागौँ। संसद्मा पनि कोरम पुगेन भन्ने कुरो आयो’, उनले भने, ‘धेरै मिलाएँ भन्दा पनि केहि समस्या त भइहाल्छ। १२५ जनाको फाइनल भयो। तपाईँहरु धेरै चिन्तित नहुनु होला। यो केन्द्रीय कमिटीले १२५ पोलिटब्यरोको संख्या पास गर्‍यौँ। मैले पढेको लिस्ट पनि स्वीकार्य लिस्ट हो। मैले यहाँ १५०/१५२ जनाको नाम पढेको छु, १२५ जना कुल र बढी भएकामध्ये बाँकी ३१ जनालाई वैकल्पिक बनाउनेछौँ।’

उनले अगाडि भने, ‘सिनियर जतिलाई कुलमा र बाँकीलाई वैकल्पिकमा ल्याउने। वैकल्पिक र कुलमा खासै फरक होइन। कुलको अथ्युरिटी भोट हाल्नेमा हुन्छ।’

त्यस्तै, प्रचण्डले ४१ जनाको स्थायी कमिटी विधान अनुसार बनाइएकोसमेत बताएका छन्। स्थायी कमिटीमा प्रदेशका इन्चार्ज र कार्यालयका मुख्य सचिवलाई पनि आमन्त्रित सदस्य हुने गरी स्थायी कमिटीमा राखिने ‍प्रचण्डले जानकारी दिए। १५ जना पूर्व स्थायी कमिटी सदस्यहरुलाई पास गर्न प्रचण्डले आग्रह गरे। अन्य सदस्यहरुमा पदेन, कार्यालयसहितका केही नाम केही दिनमा नै टुंग्याउने प्रचण्डले बैठकलाई जानकारी दिए।

यसैबिच, पदाधिकारी टुंग्याउन आफूलाई केही समय दिन केन्द्रीय सदस्यहरु समक्ष प्रचण्डले आग्रह गरेका छन्।

‘पदाधिकारीमा कुनै समस्या छैन। वरिष्ठ उपाध्यक्षमा नाराणकाजीजी हुनुहुन्छ। मातृकाजीको पनि कुरो छ। मातृकाजी मानि हाल्नुहुन्छ’, उनले अगाडि भने, ‘अहिले नै नाम भनिहाल्नुस नभन्नुस्। अझ केही समय दिनुस्। सर्वसम्मती बनाएर ल्याउँछु।’

गत पुसमा माओवादी केन्द्रले ८ औं महाधिवेशन काठमाडौंमा गरेको थियो। महाधिवेशनले केन्द्रीय सदस्य  टुंग्याए पनि पदाधिकारी टुंग्याउने जिम्मा केन्द्रीय समितिलाई दिएको थियो। महाधिवेशन लगत्तै केन्द्रीय सदस्यको सपथसँगै प्रचण्डलाई अध्यक्षमा  चयन गरेको थियो। पदाधिकारी तथा स्थायी समिति र पोलिटव्युरो सदस्य टुंग्याउन  सकेको थिएन्। 

१९ गते देखि २१ गतेसम्मका लागि तय भएको बैठक दुई दिन लम्बिए पनि पूर्ण रुपमा स्थायी समितिका सदस्य र पदाधिकारी नटुंग्याइ सकिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell