PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रचण्डले मात्रिका यादवलाई पन्छाउँदै जब नारायणकाजीलाई वरिष्ठ उपाध्यक्ष घोषणा गरे...



पहिलोपोस्ट

प्रचण्डले मात्रिका यादवलाई पन्छाउँदै जब नारायणकाजीलाई वरिष्ठ उपाध्यक्ष घोषणा गरे...

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चयन हुने भएका छन्। अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बिहीवारको केन्द्रीय कमिटीको बैठकमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ हुने बताएका हुन्।

अरु पदाधिकारी चयन गर्न नसकेका प्रचण्डले केही समयपछि मात्रै पदाधिकरीको नाम टुंगो लाग्ने बताए।

'अहिले नै मलाई सबै पदाधिकारीको नाम भन्न नलगाउनुस्। अब धेरै छैन म सँग करिब करिब सबै जनाको नाम छ। वरिष्ठ उपाध्यक्षमा नारायणकाजी कमरेड मात्रै हुनुहुन्छ। मात्रिका कमरेडले मानिहाल्नु हुन्छ,' प्रचण्डले भने।

यादवले पनि वरिष्ठ उपाध्यक्षका लागि दाबी गरिरहेका थिए। यादबलाई पन्छाउदै प्रचण्डले श्रेष्ठ वरिष्ठ उपाध्यक्ष हुने जानकारी दिए।

यस्तै, आइतवारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा सोमवार प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल भएको थियो। मंगलवार र बुधवार केन्द्रीय कमिटीको बैठक बस्न सकेन। आज सम्पन्न भएको केन्द्रीय कमिटीको बैठकले १ सय २५ जना पोलिटब्युरो र ३१ जना वैकल्पिक गरी १५६ जनाको पोलिटब्युरो बनाएको छ।

त्यस्तै, ४१ जनाको स्थायी कमिटी हुने पनि तय भएको छ। जसमा १५ जना पूर्व स्थायी कमिटीको नाम टुंगिसकेको छ भने बाँकीको नाम केही दिनमा टुंगिने प्रचण्डले बैठकमा बताएका थिए।

'१५ जना पूर्व स्थायी कमिटीको नाम पारित गर्दिनुस् बाँकिको केही दिनमा टुंगिन्छ,' प्रचण्डले भने।

पोलिटब्युरोको नाम प्रचण्डले वाचन गरेपछि माओ‌वादीका केही नेताहरुले असन्तुष्टि व्यक्त गरेका थिए। त्यसपछि १ घण्टाका लागि बैठक रोकेर प्रचण्डले ३१ जना वैकल्पिक पोलिटब्युरो सदस्य हुने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell