काठमाडौं : काठमाडौं उपत्यकामा थप २ जनामा हैजा भेटिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल दासले गएराति थप २ जना हैजाका बिरामी भेटिएको बताए। ती दुवै जनाको अहिले उपचार भइरहेको छ।
कागेश्वरी मनहरा नगरपालिकाका-६ का १२ वर्षीय बालक र काठमाडौं-१३ का ५८ वर्षीय पुरुषमा हैजा भेटिएको उनले बताए। थप २ जनामा हैजा भेटिएसँगै अहिलेसम्म २३ जनामा हैजा भएको पुष्टि भएको छ।
उनका अनुसार १२ वर्षीय बालकको कागेश्वरी मनहरास्थित स्थानीय अस्पतालमा र काठमाडौंका ५८ वर्षीय पुरुषको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। अहिलेसम्म तीन जनाको उपचार र अन्य उपचारपछि घर फर्किसकेका छन्।