PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

प्रतिनिधिसभाबाट पारित भए यी तीन विधेयक



रासस

प्रतिनिधिसभाबाट पारित भए यी तीन विधेयक

काठमाडौं : प्रतिनिधिसभाबाट तीन विधेयक पारित भएको छ। प्रतिनिधिसभाको आजको बैठकले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’,  ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धि केही ऐन संशोधन गर्ने विधेयक, २०७९’ सर्वसम्मतिले पारित गरेको हो।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, खानेपानीमन्त्री उमाकान्त चौधरीले ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्र प्रसाद शर्मा (कोइराला)ले ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धि केही ऐन संशोधन गर्ने विधेयक, २०७९’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रतिनिधिसभाको अर्को बैठक यही असार २४ गते अपराह्न २ बजे बस्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell