PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

निगमको कार्यकारी अध्यक्ष अधिकारीलाई निरन्तरता दिन सर्वोच्चको आदेश



रासस

निगमको कार्यकारी अध्यक्ष अधिकारीलाई निरन्तरता दिन सर्वोच्चको आदेश

काठमाडौंः सर्वोच्च अदालतले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिने अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

निगम अध्यक्षमा चार वर्षका लागि नियुक्त गरिएको भन्दै सर्वोच्चले कार्यकारी अध्यक्षमा अधिकारीलाई निरन्तरता दिन अल्पकालीन अन्तरिम आदेश दिएको हो। अधिकारी २०७८ कात्तिक ११ गते निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए।

आदेशमा दिपुराज ज्वारचनलाई निगमको महाप्रबन्धकका रूपमा कामकाज गर्न रोक लगाउँदै कार्यकारी अध्यक्षमा अधिकारीलाई निरन्तरता दिन भनिएको छ। सर्वोच्चले असार २८ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

‘नेपाल सरकारको असार ६ गतेको निर्णय र सो निर्णय कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको असार ९ गतेको पत्र विपक्षीमध्येका ज्वारचनलाई महाप्रबन्धकको कामकाज गर्ने गरी अस्थायी नियुक्त गरिएको मन्त्रिपरिषद्को निर्णय र पर्यटन मन्त्रालयको असार ९ गतेको पत्र हाललाई कार्यान्वयन नगर्नु, नगराउनु, निवेदकलाई नियुक्ति पत्रमा उल्लिखित पदमा पूर्ववत् काम गर्न दिनु, दिलाउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियमबमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ’ आदेशमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell