PahiloPost

Jun 18, 2026 | ४ असार २०८३

प्याजको बोरामा लुकाइएको दश लाख नगदसहित एक भारतीय नागरिक पक्राउ



पहिलोपोस्ट

प्याजको बोरामा लुकाइएको दश लाख नगदसहित एक भारतीय नागरिक पक्राउ

वीरगंजः प्याजको बोरामा दश लाख रुपैयाँ रकम लुकाइ भारतबाट नेपाल प्रवेश गरेका एक जना रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत महाराष्ट्रका २६ वर्षीय मोहम्द लकमरे आलम रहेको प्रहरीले जनाएको छ।

रौतहट, ईशनाथ नगरपालिका ६ चमना टोल नजिकबाट आलम पक्राउ परेका हुन्। बिआर ०५ यू ५१६५ नम्बरको मोटरसाइकलमा रहेको प्याजको बोरा चेकजाँचको क्रममा स्रोत नखुलेको रकमसहित उनलाई समातिएको हो।

आलमको साथबाट भारतीय रुपैयाँ १२ हजार पाँच सय पनि बरामद भएको छ।

सशस्त्र प्रहरी बल रौतहटका प्रहरी उपरीक्षक ध्रुव कार्कीका अनुसार आलममाथि अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell