PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

पंजाबका मुख्यमन्त्री भगवंतले गुरुप्रीतसँग गरे विवाह



पहिलोपोस्ट

पंजाबका मुख्यमन्त्री भगवंतले गुरुप्रीतसँग गरे विवाह
Photo : CM HOUSE PUNJAB

भारतको पंजाबका मुख्यमन्त्री भगवंत मानले विवाह गरेका छन्। चंडीगढमा जुलाई ७ मा पारिवर र नजिकका साथीको उपस्थितिमा उनले डा गुरुप्रीत कौरसँग विवाह गरेका हुन्।

विवाह समारोहमा दिल्लीका मुख्यमन्त्री एवम् आम आदमी पार्टी प्रमुख अरविन्द केजरिवाल लगायत केही अन्य नेताको पनि उपस्थिति थियो।

४८ वर्षी भगवंतको दोस्रो विवाह हो। सन् २०१५ मा मान र इन्द्रप्रीत कौरबिच सम्बन्ध बिच्छेद भएको थियो। उनीहरुको दुई सन्तान छन्। केही महिनाअघि मुख्यमन्त्री बनेपछि सपथग्रहणमा अमेरिकाबाट छोराछोरी आएका थिए। उनीहरु हाल अमेरिकामै छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell