PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बालविवाह रोक्न हलेसी तुवाचुङमा किशोरी परिचालन कार्यक्रम सुरु



पहिलोपोस्ट

बालविवाह रोक्न हलेसी तुवाचुङमा किशोरी परिचालन कार्यक्रम सुरु

काठमाडौं : हलेसी तुवाचुङ नगरपालिकाले बालविवाह रोक्न किशोरी परिचालन कार्यक्रमको सुरुवात गरेको छ। नगरपालिकाले वडा नं ३ च्यास्मिटारबाट उक्त कार्यक्रमको थालनी गरिएको हो ।

कार्यक्रमका लागि नगरप्रमुख विमला राईले च्यास्मिटार माध्यमिक विद्यालयलाई ५५ हजार रुपैयाँ प्रदान गरेकी थिइन्। ‘अब बालविवाह रोक्न विद्यालयहरुमा किशोरीको समूह निर्माण गरिने छ’, प्रमुख राईले भनिन्, ‘पहिला परिवारकै सहमतिमा बालविवाहको चलन थियो। अहिले आफैँ भागेर बालविवाह गर्ने चलन बढिरहेको छ’, उनले भनिन्। विद्यालयमा गठन भएका समूहले बालविवाह रोक्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्नेछन्।

बालविवाह रोक्नका लागि बालिका आफै सचेत हुनुपर्ने भएकाले किशोरीकै नेतृत्वमा कार्यक्रम सुरु गरिएको उनले बताइन्। बालविवाह किन गर्न हुँदैन ? गर्दा कस्ता समस्या हुन सक्छन् ? भन्नेबारे उनीहरु आफैँ सचेत हुन आवश्यक रहेकाले कार्यक्रम अघि बढाइएको नगरप्रमुख राईले बताइन्।

च्यास्मिटार माविबाट परीक्षणका रूपमा सुरु गरिएको सो कार्यक्रम प्रभावकारी बनाउँदै अन्य वडा एवं विद्यालयमा विस्तार गर्दै लैजाने नगरपालिकाको योजना छ। नेपालमा कानुनतः विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell