PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

ठमेलको होटेलमा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक समातिए



पहिलोपोस्ट

ठमेलको होटेलमा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक समातिए
प्रतिकात्मक तस्विर

काठमाडौं : काठमाडौंको ठमेलस्थित एक होटेलमा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा लिएको छ।

२६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ निलकण्ठ नगरपालिका-१४ घर भएका ३२ वर्षीय टीकाराम नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। नेपालीले काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित होटेलमा नेपालीले ती महिलालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell