PahiloPost

Jun 24, 2025 | १० असार २०८२

राष्ट्रपति भण्डारीद्वारा २ वटा विधेयक प्रमाणीकरण



पहिलोपोस्ट

राष्ट्रपति भण्डारीद्वारा २ वटा विधेयक प्रमाणीकरण
फोटो : राष्ट्रपति कार्यालय।

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनबाट पारित भई आएका २ वटा विधेयक प्रमाणीकरण गरेकी छन्।

राष्ट्रपति भण्डारीले संसद्बाट पारित भई आएका बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell