PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

ग्वार्कोबाट तीनकुनेसम्म जाँदा बसमा रहेका यात्रुको १ लाख ८३ हजार रुपैयाँ पकेटमारी!



पहिलोपोस्ट

ग्वार्कोबाट तीनकुनेसम्म जाँदा बसमा रहेका यात्रुको १ लाख ८३ हजार रुपैयाँ पकेटमारी!

काठमाडौं : काठमाडौंको कपन बस्ने धनुषाको धारापानी नगरपालिका-८ घर भएका २४ वर्षीय सञ्जय मगरको साथबाट नगद १ लाख ८३ हजार ५ सय रुपैयाँ बिहीवार दिउँसो पाकेटमारी भएको छ।

बसमा ग्वार्कोबाट तीनकुनेसम्म जाँदै गरेका मगरको पछाडि भिर्ने झोलामा राखिएको नगद अपरिचित व्यक्तिले पाकेटमारी गरी लगेको भन्दै प्रहरीमा उजुरी दिएका छन्। बसको नम्बर भने खुल्न सकेको छैन।

प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले पाकेटमारीमा संलग्न हाल फरार व्यक्तिको खोजी गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell