PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

सुनको मूल्य तोलाको ९४ हजार ६ सय रुपैयाँ



पहिलोपोस्ट

सुनको मूल्य तोलाको ९४ हजार ६ सय रुपैयाँ

काठमाडौं : दुई दिनमा प्रतितोला ३ हजार रुपैयाँ घटेको सुनको मूल्य शुक्रवार तोलाको ९४ हजार ६ सय रुपैयाँमा स्थिर छ। अन्‍तर्राष्ट्रिय बजारमा मूल्यमा गिरावट आएपनि स्थानीय बजारमा भने घटबढ भएको छैन।

बिहीवार सुन तोलामा १४ सय रुपैयाँले घट्‍दै प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रवार चाँदी घटेको छ। १० रुपैयाँ घट्दा प्रतितोला ११ सय ७५ रुपैयाँ भएको हो। बिहीवार १० रुपैयाँ बढेर प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट‍्रिय बजारमा सुनको मूल्यमा क्रमिक गिरावट छ। शुक्रवार सुन प्रतिऔंस १७४२.८७ डलरमा कारोबार भएको छ। चाँदी घटेर प्रतिऔंस १९.२१ डलर भएको छ।

बिहीवार सुन प्रतिऔंस १७४६.८६ डलर र चाँदी १९.३७ डलर थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell