PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

प्रकाश सपुतको डेब्यु फिल्म ‘परदेशी-२’ को टिजर सार्वजनिक, असोज १४ गते प्रदर्शन हुने



पहिलोपोस्ट

प्रकाश सपुतको डेब्यु फिल्म ‘परदेशी-२’ को टिजर सार्वजनिक, असोज १४ गते प्रदर्शन हुने

काठमाडौं : गायक प्रकाश सपुतको मुख्य भूमिका रहेको फिल्म ‘परदेशी-२’को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार युट्युबमार्फत टिजर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति तय गरेको छ। यो फिल्म दशैंको अवसरमा असोज १४ गते रिलिज हुनेछ।

नारायण रायमाझी निर्देशित फिल्म‘परदेशी २’मा नेपाली विद्यार्थीमा रहेको विदेश मोहलाई मुख्य कथावस्तु बनाइएको छ। अध्ययनसँगै अन्य परिवेशमा विदेश पुगेकाहरुको कथाव्यथालाई फिल्ममा समेटिएको छ। ‘परदेशी-२’ गायक प्रकाशको डेब्यू फिल्म हो।

फिल्ममा नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतका कलाकारहरूको समेत अभिनय छ।

नारायण इन्टरनेशनल प्रा.लि.को प्रस्तुतीमा राजेश बंशल र नारायण रायमाझी मिलेर चलचित्रको निर्माण गरेका हुन्। फिल्मको कथा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार रमेश बिजीले लेखेका हुन्।

काठमाडौंका लागि डिसीएन र काठमाडौं बाहिर एफडी कम्पनी फिल्मको वितरणको जिम्मा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell