PahiloPost

Jun 16, 2025 | २ असार २०८२

साम्राज्ञीलाई फकाउँदै जितु, कात्तिक २५ मा ‘ह्यारीकी प्यारी’ प्रदर्शन हुने



पहिलोपोस्ट

साम्राज्ञीलाई फकाउँदै जितु, कात्तिक २५ मा ‘ह्यारीकी प्यारी’ प्रदर्शन हुने

काठमाडौं : सोसल-कमेडी जनरामा निर्माण भएको फिल्म ‘ह्यारीकी प्यारी’ को प्रदर्शन मिति तय भएको छ। निर्माण टिमले फिल्मको फर्स्टलुक पोस्टरसहित कात्तिक २५ गतेलाई रिलिज मिति तोकेको हो।

सार्वजनिक फिल्मको फस्टलुक पोस्टरमा मुख्य भूमिकामा रहेका जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाहलाई देख्न सकिन्छ। कपिल रिजालले यस फिल्ममार्फत निर्देशनमा डेब्यू गरेका छन्। रिजालले यसअघि फिल्म ‘ड्रिम्स’मा लगानी गरेका थिए।

फिल्ममा जितु र साम्राज्ञीका साथै विजय बराल, लक्ष्मी गिरी, सुभास गजुरेल, डिल्ली खनाललगायतका कलाकारहरुको अभिनय रहनेछ। ‘छक्कापञ्जा’ सिरिजपछि जितुको यो पहिलो बाहिरी फिल्म हो।

पर्वत र कास्कीमा विभिन्न स्थानमा छायाङ्कन भएको फिल्ममा नेपाली समाजको विवाह संस्कार र त्यसको सामाजिक पक्षलाई समेटिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell