PahiloPost

Jun 24, 2025 | १० असार २०८२

यू २० टोली साफ र एसिया कप छनोटका लागि तयारीमा जम्दै, प्रशिक्षक केसीको विश्वास: नतिजा राम्रो ल्याउनेछौं



पहिलोपोस्ट

यू २० टोली साफ र एसिया कप छनोटका लागि तयारीमा जम्दै, प्रशिक्षक केसीको विश्वास: नतिजा राम्रो ल्याउनेछौं

काठमाडौं: भारतमा आयोजना हुने साफ यु–२० च्याम्पियनसिपका लागि यति बेला युवा टोली बन्द प्रशिक्षणमा छ। प्रशिक्षणमा खेलाडी संख्या ४१ बाट ३० मा झारेका मुख्य प्रशिक्षक मेघराज केसीले बिहान र बेलुका प्रशिक्षण गराइरहेका छन्। नेपाली युवा टोलीले साफमा इतिहास रच्ने रणनीतिकासाथ तयारीलाई तीब्रता दिइरहेको हो।

देशभरबाट खुला प्रतिष्पर्धा गराई अखिल नेपाल फुटबल संघले यु–२० टोलीको निर्माण गरेको छ। कोरोना महामारीका कारण उमेर समूहका केही खेल तथा कार्यक्रममा प्रभावित हुँदा एन्फाले खुला छनोट गरेको थियो। सोही छनोटबाट अहिले ३० खेलाडीले दिनहुँ अभ्यास गरिहेका छन्। ललितपुरस्थित एन्फा कम्पलेक्समा उनीहरुले राम्रो नतिजाको खोजीमा अभ्यासलाई तीब्रता दिइरहेका हुन् र मुख्य लक्ष्य साफ यु–२० प्रतियोगितामा राम्रो गर्ने रहेको छ।

खेलाडी छनोटदेखि प्रारम्भिक टोली निमार्णका लागि मिहेनत गरेका मुख्य प्रशिक्षक मेघराज केसीले खेलाडीको अभ्यसाबाट आफू सन्तुष्ट रहेको र राम्रो नतिजा ल्याउनेमा आशावादी भएको बताए।

टिममा केही सहिद स्मारक ए डिभिजन लिग खेलेका अनुभवी खेलाडीसहित बी, सी डिभिजन खेलेको खेलाडीहरुको संयोजन छ। बनेको टोलीलाई साफ यु–२० को प्रतियोगितामा खेलाएर अनुभव दिलाउनु पर्ने बाध्यता अहिलेको अवस्था रहेको प्रशिक्षक केसीले बताए।

जुलाई २५ देखि अगस्ट ५ सम्म हुने च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाउँदै छन्। च्याम्पियनसिपका लागि यसअघि तालिका पनि सार्वजनिक भइसकेको छ।

यू २० साफको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। नेपाली टोलीले जुलाई २५ मा माल्दिभ्स, जुलाई २७ मा श्रीलंका, जुलाई ३१ मा भारत तथा अगस्ट २ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै बहराइनमा हुने एसियन कप छनोटमा सेप्टेम्बर १० मा भुटान, सेप्टेम्बर १२ मा कतार, सेप्टेम्बर १४ मा बहराइन र सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell