PahiloPost

Jun 24, 2025 | १० असार २०८२

‘सट गन’ बाट सिन्जो आबेमाथि यी व्यक्तिले प्रहार गरेका थिए गोली



पहिलोपोस्ट

‘सट गन’ बाट सिन्जो आबेमाथि यी व्यक्तिले प्रहार गरेका थिए गोली

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको गोली हानी हत्या गरिएको छ। आबेमाथि जापानको पश्चिमी शहर नारामा चुनावी सभामा सम्बोधनका क्रममा गोली प्रहार गरिएको एनएचकेले उल्लेख गरेको छ।

रगतले लत्पतिएका आबेलाई तत्कालै उपचारका लागि नाराको काशिहारा शहरस्थित हस्पिटल लगिएको थियो। निकै गम्भीर अवस्थामा रहेका आबेको अस्पतालमै उपचारका क्रममा निधन भएको लिबेरल डेमोक्र्याटिक पार्टीका एक वरिष्ठ नेतालाई उदृत गर्दै एनएचकेले लेखेको छ।

६७ वर्षीय आबेमाथि स्थानीय समय अनुसार करिब ११:३० बजे गोली प्रहार गरिएको थियो। घटनालगत्तै प्रहरीले आक्रमण गर्ने व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नारा शहरकै ४१ वर्षीय टेटसुया यामागामी रहेका छन्। प्रहरीले उनको साथबाट घरमै बनाइएको ‘सट गन’ बरामद गरेको छ।

Photo: The Asahi Shimbun via Getty Images

उनी मरिनटाइम सेल्फ-डिफेन्स फोर्सका पूर्व सदस्य रहेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन्। जहाँ उनी २००५ सम्म कार्यरत थिए।प्रहरीका अनुसार यामागामीले आफू पूर्व प्रधानमन्त्रीसँग असन्तुष्ट रहेको र उनको हत्या गरेको अनुसन्धानकर्ताहरुलाई बताएका छन्।

सिन्जो आबे दुईपटक जापानका प्रधानमन्त्री भएका थिए। जापानको राजनीतिमा आबेको परिवार पहिलेदेखि सक्रिय थियो। उनका हजुरबुवा किशी नोबुसुके सन् १९५७ देखि १९६० सम्म प्रधानमन्त्री भएका थिए। आबेका बुवा जापानको विदेशमन्त्री भएका थिए। 

जापानमा गोलीकाण्ड बिरैले हुने गर्छ। त्यहाँ निजी प्रयोजनका लागि हतियार राख्न प्रतिबन्ध लगाइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell