PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

आबेको हत्यापछि चुनावी सभा रद्द गरेर प्रधानमन्त्री फुमियो टोकियो फर्किए, मन्त्रीहरुलाई पनि फर्किन निर्देशन



पहिलोपोस्ट

आबेको हत्यापछि चुनावी सभा रद्द गरेर प्रधानमन्त्री फुमियो टोकियो फर्किए, मन्त्रीहरुलाई पनि फर्किन निर्देशन
Photo : SCMP

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको गोली हानी हत्या गरिएपछि जापानभर सुरक्षा सतर्कता अपनाइएको छ। शुक्रवार नारा शहरमा चुनावी सभामा सम्बोधन गर्दै गरेका आबेमाथि गोली प्रहार भएको थियो। लगत्तै अस्पाल पुर्‍याएका आबेको निधन भएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्।

आबेमाथि गोली चल्दा प्रधानमन्त्री फुमियो किसिडा पनि चुनावी सभामा थिए। उनलाई आबेमाथि गोली चलेको घटनाबारे सभा चल्दै गर्दा नै जानकारी दिइएको थियो। किसिडा आफ्नो सबै पूर्व निर्धारित कार्यक्रम रद्द गर्दै राजधानी टोकियो फर्किएका छन्। यस्तै, सबै मन्त्रीहरुलाई पनि तत्कालै टोकियो फर्किन भनिएको छ। मन्त्रीहरु पनि विभिन्न स्थानमा सम्बोधनका लागि पुगेका थिए।

टोकियो फर्किएपछि पत्रकार सम्मेलन गर्दै किसिडाले आबेमाथिको आक्रमणलाई ‘अक्षम्य अपराध’ भएको बताएका छन्।

प्रहरीले आक्रमण गर्ने व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नारा शहरकै ४१ वर्षीय यामागामी टेटसुया रहेका छन्। प्रहरीले उनको साथबाट ‘सट गन’ बरामद गरेको छ। उनले आबेको हत्या गर्नुपछिको कारण खुलेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell