PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

सेनापति शर्मा र भारतीय राजदूतबिच भेटवार्ता



पहिलोपोस्ट

सेनापति शर्मा र भारतीय राजदूतबिच भेटवार्ता

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तबिच भेटवार्ता भएको छ। जंगी अड्डामा पुगेर राजदूत श्रीवास्तवले आज प्रधानसेनापति शर्मासँग भेटघाट गरेका हुन्।

भेटघाटमा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जानकरी दिएको छ।

श्रीवास्तव नेपालका लागि भारतीय राजदूतमा एक महिना अघि नै नियुक्त भएका थिए। तर, केही दिन अघिमात्रै नेपाल आएर उनले आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेका थिए। 

कार्यभार सम्हालेसँगै श्रीवास्तव राजनीतिक भेटघाटमा व्यस्त छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell