PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सीमानाकाबाट नेपाल प्रवेश गर्ने भारतीयमा देखियो कोरोना, भारतीय प्रहरीको जिम्मा लगाइयो



पहिलोपोस्ट

सीमानाकाबाट नेपाल प्रवेश गर्ने भारतीयमा देखियो कोरोना, भारतीय प्रहरीको जिम्मा लगाइयो

काठमाडौं : सीमा नाकामा भइरहेको आवतजावतका कारण कोरोना संक्रमितहरुको संख्या बढेको पाइएको छ। पर्साको वीरगंज भई नेपाल प्रवेश गर्नेमा कोरोना संक्रमण पुष्टि हुने क्रम बढ्दै गएको हो। सीमानाकामा स्थापित हेल्थ डेस्कमा एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा संक्रमितको संख्या बढ्दै गएको पाइएको छ।

गत चैत र वैशाखमा एन्टीजेन विधीबाट परीक्षण गर्दा एक जनामा पनि संक्रमण पुष्टि भएको थिएन। तर जेठमा तीन जनामा संक्रमण देखिएकोमा असार २३ गतेसम्म १६ जनामा संक्रमण देखिएको डेस्क इञ्चार्ज डा अनिसा महतोले जानकारी दिए।

गत चैत र वैशाखमा तीन हजारभन्दा बढीको एन्टीजेन परीक्षण गर्दा एक जनामा पनि संक्रमित नभेटिएकोमा असार २२ गतेसम्म दुई हजार ५०० को परीक्षण गर्दा १६ जना संक्रमित भेटिएको उनले बताइन्। भेटिएका सबै संक्रमित भारतीय भएकाले नेपाली सुरक्षाकर्मीको सहयोगमा भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइएको डा महतोले जानकारी दिए।

संक्रमितको संख्या बढ्दै गए पनि वीरगंजको नारायणी अस्पतालमा पछिलो तीन महिनादेखि पीसीआर परीक्षण बन्द गरिएको छ। पीसीआर परीक्षणका लागि आवश्यक एजेन्ट कीटको अभावका कारण परीक्षण रोकिएको सूचना अधिकारी डा उदय सिंहले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell