PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

थपिए ९८ जना कोरोना संक्रमित, काठमाडौं उपत्यकामा हैजा र कोभिड १९ को अवस्था कस्तो छ ?



पहिलोपोस्ट

थपिए ९८ जना कोरोना संक्रमित, काठमाडौं उपत्यकामा हैजा र कोभिड १९ को अवस्था कस्तो छ ?

काठमाडौं : पछिल्लो २४ घण्टामा ९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २ हजार १५४ जनाको परीक्षण गर्दा ९८ जनामा संक्रमण देखिएको हो। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५६४ पुगेको छ।

आज पुष्टि भएका केस मध्ये काठमाडौंमा ४१ जना, ललितपुरमा ५ जना र भक्तपुरमा १ जना छन्। यससँगै काठमाडौंमा सक्रिय कोरोना संक्रमितको संख्या २९० पुगेको छ भने ललतिपुरमा ५४ र भक्तपुरमा ८ जना सक्रिय संक्रमित छन्। देशभर हाल सक्रिय संक्रमित मध्ये करिब ६३ प्रतिशत काठमाडौं उपत्यकामा छन्।

यस्तै, काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या पनि बढ्दो छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ जनामा हैजा देखिएको छ। यससँगै उपत्यकामा कूल २६ जनामा हैजा देखिएको छ। यी मध्ये ३ जनाको अस्पतालमा उपचार भइरहेकेको छ। असार २ गते बागबजारका दुई स्थानीयलाई हैजा देखिएको थियो। २३ दिनमा उपत्यकामा २६ जनामा हैजा देखिएको हो।

हैजा तथा झाडापखाला रोगबाट बच्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धिकरण गरिएको पानी मात्र पिउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ। खाना बनाउनु अघि र पछि, दिसापिसाब गरेपछि र फोहोर चलाएपछि राम्रोसँग साबुनपानीले हात धुनु पनि आग्रह गरिएको छ।

यस्तै, खानेपानी सधैँ सफा भाँडोले छोप्न, खानेकुरा राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखान समेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ। झापापखाला लागे झोलिलो खानेकुरा खान पनि आग्रह गरिएको छ।

उपत्यकामा हैजासँगै कोरोनाको जोखिम बढेको भन्दै स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेका छन्। पछिल्लो समय मास्क लगाउर हिँड्ने कम भएको भन्दै उनीहरुले मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेका छन्।

भारतमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। अहिले भारतबाट नेपाल आउने पर्यटकको संख्या उच्च रहेको छ। त्यसैले सीमा नाका र आवगमनमा पनि स्वास्थ्य सतर्कता अपनाउन जोड दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell