PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

सिन्जो आबे विश्वप्रसिद्ध नेतामात्र थिएनन्, नेपालका असल मित्र पनि थिए : प्रधानमन्त्री देउवा



पहिलोपोस्ट

 सिन्जो आबे विश्वप्रसिद्ध नेतामात्र थिएनन्, नेपालका असल मित्र पनि थिए : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गरेका छन्। शुक्रवार एक चुनावी सभामा सम्बोधन गर्दै गर्दा आबेको गोली हानी हत्या गरिएको थियो।

देउवाले आबे विश्वकै प्रसिद्ध नेतामात्र नभएको भन्दै नेपालकै असल मित्र रहेको बताएका छन्।

प्रहरीले आबेमाथि आक्रमण गर्ने व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नारा शहरकै ४१ वर्षीय यामागामी टेटसुया रहेका छन्। प्रहरीले उनको साथबाट ‘सट गन’ बरामद गरेको छ। उनले आबेको हत्या गर्नुपछिको कारण खुलेको छैन।

सिन्जो आबे दुईपटक जापानका प्रधानमन्त्री भएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell