PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

जापानी पूर्व प्रधानमन्त्रीको निधनमा भारतमा एक दिनको राष्ट्रिय शोक



पहिलोपोस्ट

जापानी पूर्व प्रधानमन्त्रीको निधनमा भारतमा एक दिनको राष्ट्रिय शोक
Photo : Reuters

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको मृत्यु पछि भारतले एक दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्रो मोदीले ट्वीट गर्दै यस्तो घोषणा गरेका हुन्। भोली शनिवार सिन्जो आबेको सम्मानमा एक दिनको राष्ट्रिय शोकको घोषणा उनले गरेका हुन्। 

मोदीले ट्वीट मार्फत आबेले भारत जापानसम्बन्धमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउँदै उनले दुई देशको सम्बन्धलाई विशेष रणनैतिक तथा विश्वव्यापी साझेदारीको तहमा पुर्‍याएको बताएका छन्। 'आज सम्पूर्ण भारत जापानसँगै शोकमा परेको छ र दु:खको यस घडीमा हामी जापानी दाजुभाई दिदी बहिनीको साथमा एक्यवद्धता प्रकट गर्दछौं,' मोदीले लेखेका छन्। 

मोदीले आफ्नो जापान भ्रमणका क्रममा आवेसँगको भेटको फोटो राख्दै उनले हालै मात्र जापान इन्डिया एशोसिएसनको अध्यक्षको भूमिका लिएको बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell