PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

प्रतिनिधिसभामा बहुमतले फिर्ता भयो नागरिकता विधेयक



पहिलोपोस्ट

प्रतिनिधिसभामा बहुमतले फिर्ता भयो नागरिकता विधेयक

काठमाडौं : सरकारले नागरिकता विधेयक फिर्ता लिएको छ। मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले नागरिकता ऐन-२०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय गरेको थियो।

गृहमन्त्री बालकृष्ण खाणले आज प्रतिनिधिसभा बैठकमा विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रतिनिधिसभामा बहुमतले सो विधेयक फिर्ता भएको हो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभामा नागरिकता विधेयक दर्ता गरेको थियो। गठबन्धनको सहमति अनुसार विधेयक फिर्ता लिने निर्णय भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell