PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

श्रीलंकालीका लागि आर्थिक संकटको दु:ख भुलाउने माध्यम बनेको छ क्रिकेट



पहिलोपोस्ट

श्रीलंकालीका लागि आर्थिक संकटको दु:ख भुलाउने माध्यम बनेको छ क्रिकेट
Photo : ICC

इन्धन खरिद गर्नका लागि लामो लाइन, महँगी, वैदेशिक मुद्रा सञ्चिति सकिएर देश नै टाट पल्टिँदै गर्दा इतिहासकै खराब अवस्थामा छ श्रीलंका। त्यहाँ औषधि अभाव, भोकमरी, बेरोजगारीले समस्या अझ चुलिएको छ। क्रिकेटप्रेमी दक्षिण एसियाली मुलुक श्रीलंकामा आर्थिक संकटकै कारण शैक्षिक संस्था बन्द गर्नुपर्ने अवस्था त भएको छ।

श्रीलंकालीहरुलाई संकटको अवस्थाबाट ध्यान हटाउन क्रिकेट एउटा माध्यम बनेको छ अहिले।

'हो हाम्रो देशमा समस्या छ। मानिसहरु गरिब र सहयोगविहीन अवस्थामा पुगेका छन्। हामी निरश जीवन जिउन बाध्य छौं। मानिसहरु ६/७ दिनसम्म इन्धनको लाइनमा बस्नुपर्ने बाध्यतामा छन्,' श्रीलंका र अस्ट्रेलियाबिचको पहिलो टेस्ट हेर्न १० वर्षे छोरो लिएर पुगेका उजिथ निलन्थाले भने।

'बच्चाहरुलाई खुशी राख्ने माध्यम छैन। बच्चालाई चाहिएको कुराहरु हामी उपलब्ध गराउन सक्दैनौ। तर जब क्रिकेट हेरिन्छ तब मानसिक रुपमा केही शान्ति मिल्छ, 'उनले भने।

उनको ऊर्जा संकटसँगै पर्यटन क्षेत्रमा आगमन घटेपछि जनजीवन ठप्प भएको छ।

उनले आफ्नो छोरालाई पनि क्रिकेटर बनाउने सोचेका छन्। श्रीलंकाको स्तरमा महँगो खेल। तर, आर्थिक संघ संकटले यो सँगै अरु धेरै योजनाहरु चाहनामै सीमित हुने देखेका छन।

'हामीलाई क्रिकेट मन पर्छ तर हामी आफ्नो सबै समय क्रिकेटमा खर्च गर्न सक्दैनौं, रोजगारीको समस्या र ती सबैको समस्याहरु साथ। तर, क्रिकेट हेरेर दबाबबाट केही राहत पाउने अपेक्षा गरेको छु' उनले भने।

क्रिकेट धेरैजसो दक्षिण एसियाली र क्यारिबियन राष्ट्रहरू बेलायती उपनिवेशहरूको विरासतका रुपमा रहेको छ। अझ, श्रीलंका, भारत, पाकिस्तानजस्ता देशमा स्थानीय संस्कृतिको हिस्सा बनेको छ क्रिकेट। यसलाई जातीय, धार्मिक र राजनीतिक कलहले टुक्रिएको देशमा एकताको कारकको रूपमा हेरिएको छ।

झण्ड २५ वर्षको रक्तपातपूर्ण गृहयुद्धले पनि श्रीलंकामा क्रिकेटको प्रगति वा अनुसरणमा बाधा पुर्‍याएन।

सन् १९९६ को विश्वकपको फाइनलमा श्रीलंकाले अस्ट्रेलियालाई हराएर उपाधि जित्दा तमिल टाइगर विद्रोही समूहले आफ्नो हतियार केहीसमय राखेको थियो। उक्त समूहले स्वतन्त्र राज्यको माग राखेर लडेको थियो।

छिमेकी शहर मताराबाट रेलमा यात्रा गर्दै ग्यालेको रमणीय क्रिकेट मैदानमा किशोर थिक्षाना नेथुमाक्सिला थिए। १६ वर्षे उनी यतिबेला परीक्षा दिइरहेको अवस्थामा हुनुपर्ने हो तर आर्थिक संकटका कारण विद्यालय नै बन्द भएपछि सन्दर्भ पुरै फेरियो।

 ‘दुःखको समयमा मात्रै क्रिकेट हुन्छ,' उनले भने, 'हामी यहाँ क्रिकेट हेर्न आएका हौं, यी सबै कुराहरुलाई हाम्रो दिमागबाट बाहिर निकाल्न।'

अस्ट्रेलियाको क्रिकेट टोलीले श्रीलंका भ्रमणमा अघि बढ्नुअघि स्थानीय जनताले आधारभूत आवश्यकताका लागि पनि संघर्ष गरिरहेको बेला श्रीलंका गएर खेल्नु नैतिक हो कि भनेर सायद सोचे कि?

अस्ट्रेलियाको टोलीको भ्रमणलाई अगाडि बढाउने निर्णयले श्रीलंकाका समर्थकबाट तारिफ पाए। पाँचौं एकदिवसीय खेलमा अस्ट्रेलियाको एकदिवसीय जर्सी (पहेँलो) पहिरनमा उपस्थित भएका दर्शकहरूबाट प्रशंसा पाएका थिए। उनीहरुले क्रिकेटरहरूलाई मनोरञ्जन प्रदान गरेको र विश्वलाई श्रीलंकाको बारेमा सकारात्मक सन्देश पठाएकोमा धन्यवाद दिएका थिए। अस्ट्रेलियाका कप्तान प्याट कमिन्सको नेतृत्वमा धेरै खेलाडीलेले श्रीलंकालीबाट प्राप्त गरेको समर्थनको प्रशंसा गरेका छन्।

अस्ट्रेलिया हाल श्रीलंकामा तीनवटा सिरिजका लागि छ। तीन खेलको टी २० इन्टरनेशनल सिरिज जसलाई अस्ट्रेलियाले जित्यो, पाँच खेलको एकदिवसीय सिरिज जसलाई श्रीलंकाले ३-२ ले जित्यो र टेस्ट।

अस्ट्रेलियाले पहिलो टेष्ट खेल १० विकेटले जितेर श्रीलंकालाई श्रृङ्खला बराबरी गर्ने मौका छोडेको छ जब भ्रमणको समापन शुक्रबारदेखि गालेमा सुरु हुने दोस्रो टेस्टसँगै हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell