PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

उत्तर प्रदेशमा केटाले विवाह गर्न नमानेपछि युवतीले रचिन् अपहरण गरेर बिहे गर्ने योजना



पहिलोपोस्ट

उत्तर प्रदेशमा केटाले विवाह गर्न नमानेपछि युवतीले रचिन् अपहरण गरेर बिहे गर्ने योजना
photo : BBC HINDI

भारतको उत्तर प्रदेशको बिजनौरमा एक युवतीले आफूसँग विवाह गर्न अस्वीकार गरेको युवकलाई अपहरण गरेकी छिन्। प्रहरीले विवाह गर्न अस्वीकार गरेको भन्दै ती युवतीले अंकुर कुमार नाम गरेका युवकलाई नै अपहरण गरेको जनाएको छ।

अकुंर बाइकमा साथी प्रदीप कुमारसँग कार्यालय जाँदै गर्दा चाँदपुरको एक स्थानमा अचानक एक कार आएको र अंकुरलाई धम्की दिएर अपहरण गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। कारमा युवतीसहित पाँचजना थिए।

अपहरणको उजुरी परेपछि प्रहरीले खोजतलासी सुरु गरेको थियो। चार घण्टाको खोजबिनपछि अंकुर आर्य समाजको मान्दिरमा फेला परेका थिए। प्रहरीले युवतीसहित ३ जनालाई पक्राउ गरेको छ। प्रहरीले घटनामा संलग्न अन्य चार जना फरार भएको र खोजी भइरहेको जनाएको छ।

मन्दिरमा लगेर युवतीले युवकलाई जबरजस्ती विवाह गराउने तयारी गरेकी थिइन्। तर, बेलैमा प्रहरी पुगेपछि उनीहरुको योजना सफल हुन सकेन। अंकुरले जबरजस्ती विवाह गराउँदा पनि नमानेको भए उनलाई मार्ने योजना समेत बनाइएको अनुसन्धानमा खुलेको छ।

प्रहरीका अनुसार गत वर्ष अंकुर र ती युवतीको विवाह तय भएको थियो। केही समय दुवैबिच कुराकानी पनि भयो। तर अंकुरललाई युवतीसँग आफ्नो विचार नमिल्ने लागेपछि उनले विवाह नगर्ने निधो गरेका थिए। त्यसैको बदला स्वरुप युवतीले अंकुरलाई अपहरण गरि विवाह गर्ने योजना बनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell