काठमाडौं : नेपाल प्रहरीका ३२ जना प्रहरी उपरीक्षक (एसपी)हरुलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस भएका छन्।
नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा गर्न शनिवार बसेको बढुवा समितिको बैठकले सो निर्णय गरेको हो।
पहिलो नम्बरमा एसपी गणेश चन्द बढुवा सिफारीसमा परेका छन्। त्यस्तै दोस्रो, तेस्रो नम्बरमा क्रमसः सिद्दि विक्रम शाह र सुशिलसिंह राठौंर रहेका छन्। निर्मला प्रकरणमा कारबाहीमा परेर अदालतबाट सफाइ पाएका एसपी दिल्लीराज विष्ट पनि बढुवामा परेका छन्।