PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

पार्टीमा अन्तर्घातबारे छानबिन गर्न माओवादीले गठन गर्‍यो तीन सदस्यीय समिति, स्थायी कमिटीले अरु के के निर्णय गर्‍यो?



पहिलोपोस्ट

पार्टीमा अन्तर्घातबारे छानबिन गर्न माओवादीले गठन गर्‍यो तीन सदस्यीय समिति, स्थायी कमिटीले अरु के के निर्णय गर्‍यो?
फाइल फोटो

काठमाडौं : नेकपा स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। शनिवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न अनुशासन विभागको संयोजकसमेत रहेका टंक राईको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको हो।

पार्टीका प्रवक्ता कृष्णबहादुर महराले स्थानीय चुनावमा पार्टी भित्रैबाट घात अन्तर्घात भयो भन्ने आवाज उठेको र कतिपयले केन्द्रिय सदस्यहरुले नै निर्वाचनमा अन्तर्घात गरेको भन्ने आवाज उठेको भन्दै छानबिन समिति गठन गरिएको बताए। उनले छानबिन समितिमा टंक राईसहित मुक्ति प्रधान र खिमलाल देवकोटा रहेको बताए।

महराले पछिल्लो समय विद्यार्थी तहमा केही असहजता पैदा भएकोले त्यसको समाधानका लागि पूर्व विद्यार्थी नेताहरु रमेश मल्ल, नरेन्द्र न्यौपाने, रत्न ढकाल तीन जनाको सुझाव समिति गठन गरेको पनि बताए। त्यस्तै, बैठकले प्रदेश कमिटी र केन्द्रको बिचमा समन्वय कायम गर्नको निम्ति प्रदेश इञ्चार्जको नेतृत्वमा प्रदेश समन्वय समिति पनि बनाएको छ। आगामी संघ र प्रदेशको चुनावसम्म रहने गरी बनेको प्रदेश समन्वय समितिमा सबै केन्द्रिय सदस्यहरु र सबै प्रदेशका पदाधिकारी रहने प्रवक्ता मरहाले बताए। उनले बैठकले आगामी साउन १६ गतेदेखि भदौ ३ गतेसम्म प्रदेशको प्रशिक्षण कार्यक्रम र बैठकहरु गर्ने निर्णय भएको बताए।

‘प्रदेश कमिटी र केन्द्रबिचमा समन्वय कायम गर्नको निम्ति इञ्चार्जको नेतृत्वमा एउटा प्रदेश समन्वय समिति बनाइएको छ। यो चुनाव सम्मको लागि मात्रै हो। त्यसमा केन्द्रिय सदस्यहरु सबै र प्रदेशका पदाधिकारी सबै रहनुहुन्छ। प्रदेशको प्रशिक्षण कार्यक्रमहरु, बैठकहरु राखेका छौँ। त्यसमा साउन १६ गतेदेखि भदौ ३ गते सकिने गरेर प्रदेशमा राखिएको छ। १८ गते गण्डकी, २० गते प्रदेश १, २४ गते लुम्बिनी, २९ गते कर्णाली, २८ गते सुदूरपश्चिम, ३० गते विशेष, १ गते सम्पर्क समन्वय, ३ गते प्रवास गरी हामीले प्रदेशको प्रशिक्षण तथा बैठकहरु राखेका छौँ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell