PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

आगामी निर्वाचनमा एमालेसँग सहकार्य हुँदैन : माधव नेपाल



पहिलोपोस्ट

आगामी निर्वाचनमा एमालेसँग सहकार्य हुँदैन : माधव नेपाल

बुटवल : नेकपा (एकीकृत समावादी)का अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा नेकपा (एमाले)सँग सहकार्य नहुने बताएका छन्।

समाजवादी प्रेस संगठनले शनिवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले आगामी संघ तथा प्रदेशको निर्वाचनमा एमालेसँग सहकार्य हुने कुनै सम्भावना नरहेको बताउँदै एमालेसँग एकता वा गठबन्धनको ढोका नै नखुलेको टिप्पणी गरे।

५ दलिय गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउँदै उनले आगामी निर्वाचनसम्म कायम रहने दोहोर्‍याए। स्थानीय तह निर्वाचनमा समाजवादी पार्टीले सफलता प्राप्त गरेको उनले दाबी गरे।

नेता नेपालले आफ्नो पार्टीले एक महानगर, उपमहानगर मेयरसहित विभिन्न स्थानमा उपप्रमुख जितेको र धेरै तहमा अत्यधिक मत प्राप्त गरेको उनले बताए।

‘मतपत्रकै कारण धेरै मत बदर भए, हामीले पाएको मत र बदर भएको मत हेर्दा हामीलाई अत्यधिक मत प्राप्त भएको छ,’ उनले भने।

उनले आगामी निर्वाचनका लागि समाजवादी जुटिसकेकोले थप सफलता प्राप्त गर्ने बताए। उनले आफूले गिरिजाबाबुलाई प्रधानमन्त्री बनाएको र गिरिजाबाबुले पनि पछि आफूलाई प्रधानमन्त्री बनाएको स्मरण गरे। अहिले आफूहरुले पहल नगरेको भए कांग्रेस सरकारमा पुग्न नसक्ने उनले तर्क गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell