आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षेको राजीनामा माग्दै दिनहुँ प्रदर्शन भइरहेको छ। देशको आर्थिक स्थिति बिगारेको भन्दै प्रदर्शनकारीहरुले राजपाक्षेको बहिर्गमन माग गर्दै आएका छन्। यसबिच प्रदर्शनकारीहरुले राष्ट्रपति निवास भित्र पसेर तोडफोड गरेका छन्। राजपाक्षेलाई भने सुरक्षित स्थानमा सारिएको छ।
सरकारविरुद्ध प्रदर्शनमा सहभागी हुन कार र बसमा सवार भएर हजारौं मानिसहरु कोलोम्बा पुगेका छन्। रेलबाट पनि धेरै मानिस राजधानी पुगेका छन्। प्रशासनले कर्फ्यू लागू गरे पनि अति सुरक्षित मानिएको क्षेत्रमा प्रवेश गरेर प्रदर्शनकारीहरुले प्रहरीको ब्यारिकेड तोडेका थिए। त्यसपछि उनीहरु राष्ट्रपति राजपाक्षेत्रको निवास पुगेका थिए। प्रहरीले उनीहरुलाई रोक्न हवाइ फायर गरेको थियो। तर पनि प्रदर्शनकारीहरु अघि बढेका थिए।