PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

बालेनको घोषणा : मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु



पहिलोपोस्ट

बालेनको घोषणा : मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन)ले दिवंगत र्‍यापर यम बुद्ध (अनिल अधिकारी)को शालिक बनाउने घोषणा गरेका छन्। बालेनले आफ्नै तलबबाट यम बुद्धको शालिक बनाउने घोषणा गरेका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु। तपाईँहरूको दिन शुभ रहोस्।’

शुक्रवार यम बुद्धको शालिक बनाउन महानगरको बजेटबाटै रकम छुट्याइएको सार्वजनिक भएको थियो। सो कुरा सञ्चार माध्यममा आएपछि शालिक बनाउने विषयमा बालेको पक्ष र विपक्षमा मत जाहेर भएका थिए।

अधिकांशले यम बुद्धले नेपालको संगीत क्षेत्रमा ठूलै योगदान पुर्‍याएको भएपनि उनको शालिक नै बनाउने निर्णयको भने आलोचना गरेका थिए। आज भने मेयर बालेनले आफ्नै तलबबाट यम बुद्धको शालिक बनाउने घोषणा गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell