PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

थपिए १०२ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ६०५ पुग्यो



पहिलोपोस्ट

थपिए १०२ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ६०५ पुग्यो

काठमाडौं : पछिल्लो २४ घण्टामा १०२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २ हजार ६१५ जनाको परीक्षण गर्दा १०२ जनामा संक्रमण देखिएको हो। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ६०५ पुगेको छ।

आज पुष्टि भएका केस मध्ये काठमाडौंमा ३७ जना छन्। यससँगै काठमाडौंमा सक्रिय कोरोना संक्रमितको संख्या ३२७ पुगेको छ। ललितपुरमा ५४ र भक्तपुरमा ८ जना सक्रिय संक्रमित छन्। देशभर हाल सक्रिय संक्रमितमध्ये करिब ६४ प्रतिशत काठमाडौं उपत्यकामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell