PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

एकीकृत समाजवादीको लुम्बिनी प्रदेशको अध्यक्षमा सोमप्रसाद पाण्डे



पहिलोपोस्ट

एकीकृत समाजवादीको लुम्बिनी प्रदेशको अध्यक्षमा सोमप्रसाद पाण्डे

बुटवलः नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका सोमप्रसाद पाण्डे चयन भएका छन्। शनिबार बुटवलमा सम्पन्न प्रदेश कमिटी बैठकले संघीय सांसदसमेत रहेका पाण्डेलाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो।

यसअघि प्रदेश अध्यक्ष रहेका मेटमणि चौधरी शहरी बिकासमन्त्री भएपछि चौधरीकै प्रस्तावमा पाण्डेलाई प्रदेश अध्यक्ष बनाउने सर्वसम्मत निर्णय भएको बताइएको छ।

यस्तै पार्टीको बैठकले केन्द्र र प्रदेश कमिटीमा रहेका नेताहरुको भूमिका हेरफेर गरेको छ। प्रदेश सचिव एवं रुपन्देही अध्यक्ष रहेका राजु गुरुङले जिल्ला अध्यक्षको जिम्मेवारी छाडेका छन्। रुपन्देही अध्यक्षमा अविराम विक चयन भएका छन्। विक यसअघि सचिवका रुपमा थिए।

रुपन्देही उपाध्यक्षमा श्रीराम यादव र चीनबहादुर गुरुङ चयन भएका छन्। यसअघि उपाध्यक्ष रहेका सिद्धीचरण भट्टराई लुम्बिनी विकास कोषको कोषाध्यक्ष नियुक्त भएपछि उनले पनि जिम्मेवारी छोडेका हुन्।

त्यस्तै सचिवमा सरिता श्रीष, उपसचिवमा थानेश्वर खरेल, टंक पोखरेल र मीरा श्रेष्ठलाई चयन गर्ने निर्णय भएको छ। बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै प्रदेशका १२ वटै जिल्लामा निर्वाचन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell