PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

८ वर्षपछि अन्तर्राष्ट्रिय खेलमा फर्किँदै पाकिस्तानी महिला फुटबल टिम, नेपालमा हुने साफमा सहभागिता जनाउने



पहिलोपोस्ट

८ वर्षपछि अन्तर्राष्ट्रिय खेलमा फर्किँदै पाकिस्तानी महिला फुटबल टिम, नेपालमा हुने साफमा सहभागिता जनाउने

काठमाडौं : पाकिस्तानी महिला फुटबल टोलीले नेपालमा आयोजना हुने साफ च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ। पाकिस्तान फुटबल फेडेरेसनले सामाजिक सञ्जालमार्फत साफमा सहभागिता जनाउने निश्चित गरेको हो। पाकिस्तानले सहभागिता जनाएसँगै प्रतियोगितामा सात मुलुकको सहभागिता हुने भएको छ। पाकिस्तान फुटबल संघका अनुसार त्यहाँको महिला टोलीले ८ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको प्रतिबन्ध हटेसँगै पाकिस्तान फुटबल फेडेरेसनले साफ च्याम्पियनसिपमा सहभागिता जनाउन छलफलअघि बढाएको थियो। फुटबल संघमा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै पाकिस्तानमाथि फिफाले लगाएको प्रतिबन्ध १५ महिनापछि यही महिनामात्रै हटेको थियो। प्रतिबन्ध हटेसँगै पाकिस्तानले नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा सहभागिताका लागि छलफल सुरु गरेको थियो। महिला साफ बाहेक पनि साफका आगामी अन्य खेलमा सहभागिता जनाउने पाकिस्तानले छलफल अघि बढाइसकेको छ।

शनिवार साउथ एसियन फुटबल फेडेरेसन (साफ) को कंग्रेसमा अघिल्लो शनिवार नेपालको प्रस्ताव स्वीकृत भएसँगै महिला साफ नेपालमा हुने निश्चित भएको थियो। अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार साफ अगस्ट २९ देखि सेप्टेम्बर १० (भदौ १३-२५) सम्म काठमाडौंमा हुने तय भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell