PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

एन.एस.ए पौडी आजबाट सुरु हुँदै



पहिलोपोस्ट

एन.एस.ए पौडी आजबाट सुरु हुँदै
फाइल फोटो

काठमाडौं: नेपाल पौडी संघको वार्षिक कार्यक्रम अनुसारको १० औं एन.एस.ए. कप खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता आजबाट सुरु हुने भएको छ। प्रतियोगितामा ५४ स्वर्ण पदकका लागि ८४ महिला तथा १३७ पुरुष गरि कुल २२१ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन्।

प्रतियोगितामा जुनियर खेलाडीहरुको हौसला अभिबृद्धि गर्ने उद्धेश्यले जुनियर विधाका १० वर्ष, १२ वर्ष, १४ वर्ष र १७ वर्ष मुनिका प्रत्येक विधाका एक महिला र एक पुरुष खेलाडीलाई उमेर समूहको उत्कृष्ट खेलाडी घोषित गरिनुका साथै ट्रफीले सम्मान गरिने संघले जनाएको छ।

चीनमा आयोजना हुने १९औं एशियन प्रतियोगिताका लागि छनौट प्रतियोगिता समेत रहेको यस प्रतियोगिताबाट खेलाडीहरुले प्राप्त गरेको उच्चतम फिना अंकका आधारमा ४ पुरुष र ४ महिला खेलाडीहरुको छनोट हुने अध्यक्ष अशोक बज्राचार्यले बताए।

प्रतियोगिताका दौरान  १३ औं दक्षिण एशियाली खेलकुदमा अत्याधिक पदक प्राप्त गर्दै इतिहास रच्न सफल गौरिका सिंह लगायत अन्य पदकधारी खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell